भरुवा बन्दुकसहित एक जना पक्राउ

0
12

उदयपुर।

उदरपुरको त्रियुगा नगरपालिका–५ कुसुमेटारका ३१ वर्षीय अमृत तामाङलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

अमृत तामाङले एक नाले भरुवा बन्दुक घर नजिकै जंगलमा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

भरुवा बन्दुकसहित पक्राउ परेका तामाङको उदयपुर जिल्ला अदालतबाट हात हतियार खरखजना मुद्धामा म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here