केर्खामा सचेतनामूलक होडिङ्ग बोर्ड

0
14

कमल ।

दैनिकरुपमा सडक दुर्घटना बढिरहेकोले त्यसलाई न्यूनीकरण गर्नका लागि ट्राफिक नियम सम्बन्धी सचेतनामूलक होडिङ्ग बोर्ड राखिएको छ ।

कारितास नेपालको सहयोगमा र ट्राफिक प्रहरी पोष्ट केर्खाको सहकार्य र समन्वयमा मुख्य राजमार्ग अन्तर्गत कमल गाउँपालिकाको क्षेत्रभित्र होडिङ्ग बोर्ड राखिएको हो ।

कारितास नेपालले युवा सचेतनामूलक परियोजना अन्तर्गत मुख्य राजमार्गमा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक होडिङ्ग बोर्ड राखेको कारितास नेपालका कर्मचारी प्रदिपकुमार भण्डारीले जानकारी दिए । राजमार्गमा दैनिकरुपमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी लागीपरेको छ । यसका लागि सचेतनामूलक कार्यक्रम गर्दैछौं ।

यसका साथै सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि सडक विभाग र स्थानीय तहसँग समन्वय गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताए । सवारी दुर्घटना न्यूनीकरणमा होडिङ्ग बोर्डको ठूलो महत्व हुने र सवारी चालकले होडिङ्ग बोर्डमा भएका नियमलाई पालना गर्नुपर्ने ट्राफिक प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ ।

मुख्यराज मार्ग अन्तर्गत कमल गाउँपालिकाको क्षेत्रभित्र बढी दुर्घटना हुने क्षेत्रमा विभिन्न संघ–संस्थाको सहयोगमा दुर्घटना न्यूनीकरण गर्न होडिङ्ग बोर्ड राख्ने अभियानमा रहनुका साथै विद्यालयमा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको ट्राफिक प्रहरी पोष्ट केर्खाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक अनिष खड्काले जानकारी दिए ।

पछिल्लो समय मुख्य राजमार्गमा साथै सहायक सडकमा समेत दुर्घटना बढिरहेको छ । यसका लागि सहायक सडकमा समेत होडिङ्ग बोर्डका साथै सवारी चालक तथा विद्यालयमा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको ट्राफिक प्रहरी पोष्ट केर्खाका ट्राफिक प्रहरी भोजराज चौलागाँईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here