नाटकको माध्यमबाट चिया संस्कृतिको सद्भाव सिकाउदै इलामे युवा

0
14

सुनिता राई /इलाम,

इलामलाई चिया पर्यटनको रूपमा विकास गर्दै, चियामा स्थानीयको लागनी, व्यवसायिक सफलता, बजार र यसको भविष्यको विषयमा जानकारीसँगै पारिवारिक चिया संस्कृतिको सद्भाव सिकाउने चियाको विषय समेटिएको नाटक प्रर्दशन हुने भएको छ ।

चेतना नाट्य समूह इलामले ‘चियाबारी, मिठो चियाको कथा’ नामक नाटक प्रदर्शन गर्न लागेको समूहका अध्यक्ष सुरेश पोर्तेलले जानकारी गराए । आउँदो असोज २२ देखि कातिक २ गतेसम्म इलाम बजारको नारी विकास संस्थाको सभा हलमा एक घण्टा २५ मिनट लामो नाटक प्रत्येक दिन ४ः३० बजे देखि ६ बजेसम्म हेर्न सकिने छ ।

नाटकका परिकल्पनाकार तथा निर्देशन अन्वेश थुलङ हुन्। चेतना नाट्य समूहले उत्पादन गरेको मञ्च नाटकमा स्थानीय इलामे युवा कलाकारको प्रस्तुति हेर्न सकिने छ । नाटकको कथा बस्तु मार्फत चियाका विषयमा जानकारी गराउँन विभिन्न विद्यालयसँग सहकार्य गर्दै अन्य स्थानीय तहमा समेत नाटक प्रदर्शन गर्ने योजना रहेको बताइएको छ ।

नाटक मार्फत इलामको कला र संस्कृति चिनाउँने नाट्यकर्मलाई संस्थागत गर्न लामो समयदेखि नाटकमा युवाको भविष्य खोज्दै आएको समूहले असअघि महाभारा नाटक प्रदर्शन गरेको थियो । दर्जन बढी मञ्च नाटक निर्माण गरेर प्रर्दशन गर्दै आएको समूहले स्थानीय स्रोत र साधनलाई परिचालन गर्दै विभिन्न दाताहरूसँग सहयोगको आपेक्षा समेत राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here