कोटीहोम धार्मिक विकास संस्थामा शेरवहादुर निर्वाचित

0
14

झापा । कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहार थापा निर्वाचित भएका छन् । आज साझा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी उम्मेद्वार नरेन्द्रप्रसाद फुयाँललाई १४७ मत अन्तरले परमजीत गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित थापाले ५२३ मत ल्याउँदा अध्यक्षका प्रतिष्पर्धी फुयालले ३७६ मत प्राप्त गरे ।

त्यस्तै महासचिवमा थापा समूहबाट दिनानाथ खतिवडा बिजयी भएका छन् । खतिवडाले ४३५ मत ल्याएर बिजयी हुँदा उनका प्रतिष्पर्धी कृष्णप्रसाद घिमिरेलले ४२२ मत प्राप्त गरेका छन् ।
यता पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा निर्मल खतिवडाले (४८२) , धार्मिक उपाध्यक्षमा प्रकाश थापा (४८१) , पर्याटन उपाध्यक्षमा अम्बिका खरेलले (४९४) , सचिवमा यामनाथ खतिवडा (४७९) , कोषाध्यक्षमा मानबहादुर पौडेलले (४८९) प्राप्त गर्दै निर्वाचित भएका छन् ।
कूल मतदाता ११२८ रहेको सो संस्थामा ९२६ मत खसेको निर्वाचन आयुक्त हरिप्रसाद तिम्सिनाले बताए ।

कोटीहोम धार्मिक विकास सस्थाको निर्वाचनमा यहाँका एमाले, कांग्रेस, माओवादी, राप्रपा, नेकपा एस लगायातका सबै दलहरु एकातिर र शेरबहादुर थापाको प्यानल अर्कातिर चुनावी मैदानमा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here