पञ्चेश्वरको डिपीआरलाई अन्तिम रुप दिन भारतबाट १४ जनाको टोली

0
6

काठमाण्डौं ।

भारतले बनाउने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिम रुप दिन भारतीय टोली काठमाडौं आइपुगेको छ । १४ जनाको टोली नयाँ दिल्लीबाट भिस्तारा एअरको उडान नम्बर युके १५५ मा आएको बताइएको छ ।

उक्त आयोजना प्रतिवेदन (डिपीआर) लाई अन्तिम रुप दिन शुक्रबार र शनिबार नेपाल र भारतका विज्ञ समूहको बैठक काठमाडौंमा बस्न लागेको हो । सोही बैठकमा सहभागी हुन भारतीय केन्द्रीय जल आयोगका अध्यक्ष कुशबिन्दर बोहराको नेतृत्वमा एक दर्जन बढी सदस्य रहेको टोली आएको छ ।

टोलीमा सोही आयोगका सञ्चालक समिति सदस्य नवीन कुमारलगायत इञ्जिनियर, प्रशासक सामेल छन् । प्राप्त विवरण अनुसार अतुल जैन, प्रदीपकुमार शुक्ला, गोवद्र्धन प्रसाद, विवेक त्रिपाठी, बीपी पाण्डे, अयोध्याप्रसाद थपलियाल, जिके अग्रवाल, एचएस सेन्गर, मधुप्रसाद भेटुवाल, दीपक लामिछाने, कालुसिंह कार्की र राजकुमार ठगुन्ना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here