हात्तीजन्य क्षति र समाधान

0
9

झापामा जंगली हात्तीको आक्रमणमा परी एकसठ्ठी जनाले ज्यान गुमाइसकेका छन् । हात्तीको आक्रमणबाट करोडौं रुपैयाँ बराबरको आर्थिक एवम् भौतिक क्षति व्यहोरेको झापालीले अपेक्षा गरे अनुसार राहत पाउन सकेका छैनन्, न त भारतबाट आउने जंगली हात्तीलाई रोक्न नै सकिएको छ । वर्षेनि करोडभन्दा बढीको आर्थिक नोक्सानी व्यहोर्न बाध्य खासगरी सीमा क्षेत्रका बासिन्दाले सबै क्षेत्रलाई गुहारेका छन् । तर, हात्तीजन्य समस्या र पीडाबाट मुक्ति पाउन सकेका छैन । करिब २० वर्षदेखि चल्दै आएको मानव र हात्तीबीचको द्वन्द्वका क्रममा १७ वटा हात्ती समेत मरेका छन् । डिभिजन वन कार्यालय झापाको तथ्यांक अनुसार पन्ध्रवटा रैथाने जंगली हात्तीले पनि सामुदायिक वन क्षेत्रमा बसेर स्थानीय किसानले लगाएका बालीनाली नष्ट गरेर निरन्तर क्षति पु¥याइरहेका छन् ।

सीमावर्ती क्षेत्रका बासिन्दाले हात्तीका कारण ठूलो क्षति व्यवहोरिरहँदा पनि त्यसको नियन्त्रणका लागि सरकारले ठोस् र दीर्घकालीन योजना र नीति नहुँदा भइरहेको लगानी निरर्थक भइरहेको छ । लगातारको क्षति व्यहोरेका किसानले झापाली पत्रकारहरुलाई हात्ती प्रवेश गर्ने गौंडामै भेला गरेर बिहीबार पत्रकार सम्मेलन गरेका छन् । मेचीनगर नगरपालिकास्थित बाहुनडाँगी पूर्वको मेची किनारको मुख्य गौंडामा बेलुका किसानले आफ्नो पीडा सुनाएका थिए । हात्तीको पीडा कैयौंपटक सुनाउँदा पनि प्रदेश र संघीय सरकारले ठोस् कदम नचालेकोले हात्ती प्रवेश गर्ने मुख्य गौंडामै पत्रकार सम्मेलन गरेर हात्तीजन्य पीडाको अन्त्य गर्न सरकारलाई गुहारेका थिए ।

त्यसो त सरकारले हात्तीको प्रवेश रोक्न विद्युतीय तारबार लगायत प्रयास गरिएका छन् । त्यसका लागि राज्यले पनि करोडौं रुपैयाँ खर्च गरिसकेको छ । तर, हात्तीजन्य पीडा घट्नुको साटो बढ्दै गएको छ । यसो हुनुमा मानवीय गतिविधि पनि जिम्मेवार रहेको हात्तीका विषयमा पीएचडी गरेका डा. अशोककुमार राम बताउँछन् । मानव र हात्तीका बीच द्वन्द्व बढ्नुको मूल कारण मानिस नै भएको र जंगल मासेर मानव बस्ती बसाउने क्रमले यो समस्या झनै बढेको उनको तर्क छ । जनघनत्व बढेसँगै हस्तीको चार क्षेत्र अतिक्रमित भयो र आहारको खोजीमा हिँडेका हात्तीले क्षति पु¥याउने उनको भनाइ छ । झापाका प्रदेशद्वार बाहुनडाँगीदेखि कोशीटप्पु वन्यजन्तु आरक्षसम्मको बाटो हात्तीको पुख्र्यौली बाटो रहेको विज्ञहरुको भनाइ छ । त्यसैले पनि वन फँडानी, अवैध तस्करी र वन क्षेत्रको अतिक्रमण रोकेर सीमा क्षेत्रमै हस्तीलाई रोक्ने बिरुवा र फलपूmल लगाएर उतै फर्काउने योजना मात्रै द्वन्द्व समाधानको सहज उपाय हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here