श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

0
9

झापा ।

श्रीमानको कुटाईबाट झापाको दमकमा श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–१ डेरागरी बस्ने सुनिता सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत असोज २५ गते बिहीबार राति ११ बजे इलामको फाकफोकथुम घर भई दमक–१ मा डेरा गरी बस्दै आएका २२ बर्षीय दिनेश सुनुवारले मादक पदार्थ सेवन गरी २१ बर्षीया श्रीमती सुनिता सुनुवारलाई कुटपिट गरेका थिए ।

श्रीमनको कुटाईबाट घाईते भएकी सुनिताको दमक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता घटनामा सम्लग्न सुनुवारलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here