उत्साही साना किसान कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा

0
13

पथरी शनिश्चरे,

पथरी शनिश्चरे ०२ मा रहेको उत्साही साना किसान कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा भएको छ।

शनिबार मोरङको पथरीशनिश्चरे ०१ स्थित नर्वदेश्वर शिवालय मन्दिर परिसरमा आयोजित साधारणसभा सम्पन्न भएको हो। पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले समुद्घाटन गर्नु भएको सभामा संविधान सभाका सभासद् चण्डी प्रसाद राई, विशिष्ट अतिथि साना किसान विकास लघुवित्तीय संस्था ईटहरी शाखाका अधिकुत सबिन लामिछाने, पूर्वसंचालक तथा सल्लाहकार डम्बर चेम्जोङ, जिल्ला कृषि सहकारी संघकी कोषाध्यक्ष जानुका देवि पौडेल भण्डारी लगायतका अतिथिहरू उपस्थिति रहनुभएको थियो।

उक्त सहकारी संस्थाका अध्यक्ष विन्दा देवि राई ‘ विन्दु ‘ को अध्यक्षतामा भएको सभाको संचालन संस्थाकी प्रबन्धक आईताकुमारी तुम्वापो राईले गर्नुभएको थियो। सोहि क्रममा संचालक समितिकी सदस्य कृष्ण कुमारी विकले स्वागत मन्तव्य दिनुभयो। उक्त कार्यक्रममा संस्थाका सल्लाहाकार याम गुरागाईं आ आफ्नो धारणा राख्नु भएको थियो।

उक्त अवसरमा उत्साही साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष विन्दा देवि राईले आर्थिक वर्ष २०७९/०८० का वार्षिक कार्य प्रगति तथा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि भावी वार्षिक कार्य योजना पेश गर्नुभएको थियो।

कुल १ हजार ७ सय ८८ जना शेयर सदस्यहरूको सम्लग्न रहेको उक्त संस्थाले आर्थिक वर्ष २०७९/०८० को जम्मा आम्दानी एक करोड २२ लाख ३० हजार २सय३८ रूपैयाँ गरेको छ भने सबै खर्च गरेर १३ लाख ९२ हजार ४३५ रूपैयाँ नगद नाफा कमाएको छ। सोहि क्रममा आव २०८०/०८१ को लागि १ करोड ५३ लाख ७३ हजार ५० रूपैया अनुमानित आम्दानी गर्ने लक्ष्य राखिएको जानकारी दिईएको छ।

सभाको दोस्रो सत्रमा संस्थाकी अध्यक्ष राईले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको लागि प्रस्तावित प्रसतावहरूमाथि बुंदागत छलफल भै माइन्युट लेखन समितिका अध्यक्ष टेकप्रसाद निरौलाले सर्वसम्मत निर्णय पारित भएको जनाउनुभयो।

उक्त अवसरमा संस्थाद्वारा संचालित विभिन्न कार्यक्रमहरूमा उत्कृष्ट बचत कर्ता, ऋणी, उत्कृष्ट पशुपालक, एकल महिला ,जेष्ठ नागरिकलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो। साधारण सभाका आतिथिहरूलाई दैनिक जीवनमा प्रयोग हुने चिया,पशु आहारा, क्याल्सियम, लगायतका सामाग्रीहरु प्रदान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here