बिर्तामोडमा ‘हाम्रो बजार’ सञ्चालनमा

0
10

बिर्तामोड ।

झापाको बिर्तामोड स्थित पश्चिम बस स्टेण्ड दक्षिणमा ‘हाम्रो बजार’ सञ्चालनमा आएको छ ।

बुधबारे हटियाबाट विस्थापित भएका व्यवसायीहरुका लागि खोलिएको ‘हाम्रो बजार’ को आइतबार उद्घाटन गरिएको छ । घटस्थापनाको शुभ साइत पारेर उद्घाटन गरिएको हो ।

हाम्रो बजार निर्माणकर्ताहरु शान्ता शिवाकोटी, पवित्रा खड्का, सरिता खत्री र बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले सामूहिक रुपमा बजार उद्घाटन गरेका हुन् ।

दुई कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको बजारमा ४६ वटा सटर रहेको सजेश शिवाकोटीले जानकारी दिए । उनका अनुसार व्यवसायीहरुबाट एक–एक लाख रुपैँया धरौटी लिएर बजार निर्माण गरेको र प्रति सटर दुई हजार रुपैँया मासिक भाडा लिने गरी पहिलो चरणमा पाँच बर्षका लागि करार गरिएको उनले बताए ।

व्यवसाय शुरु गर्न पाउँदा अत्यन्त खुशी लागेको सानिया सु–सेन्टर टिकटक पसलकी सञ्चालक सलमा बेगमले बताइन् । विगत १५ बर्षदेखि बुधबारे हटियामा पसल गरेकी बेगमले नगरपालिकाले बिना विकल्प विस्थापित गराउँदा दुःख लागेपनि पुन बजार शुरु गर्न पाउँदा हर्षित बनेको बताइन् । जुत्ता चप्पलको व्यवसाय गर्ने बेगमले बुधबारेमा नगरपालिकाले डोजर लगाउँदा आफ्नो करिब १५ लाखको क्षति भएको सुनाइन् ।

नगरपालिकाले व्यवसायीहरुको पेटमा लात हानेर बजार खाली गराएको र कुनै विकल्प नदिएकाले आफुहरुले हाम्रो बजार शुरु गर्नका लागि पहल गरेको बिर्तामोड वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । नगरपालिकाले तत्काल भवन शुरु गर्ने भनेपनि हालसम्म केहि काम अगाडी नबढेको र व्यवसायी भोकै बस्नु पर्ने अवस्था आउन नदिन बजार निर्माणका लागि समन्वय गरेको न्यौपानेको भनाई छ ।

बजारमा होटल, जुत्ता चप्पल, कपडा, फलफुलआदिको पसल रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here