‘लाउ माया सुटुक्कै’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरियो

0
17

अर्जुनधारा ।

एमपी डिजीटल एण्ड एएन प्रोडक्सनको प्रस्तुती ‘लाउ माया सुटुक्कै’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो आइतबार एक कार्यक्रमकोबिच सार्वजनिक गरिएको छ ।

अर्जुनधारा नगरपालिकाको सभाहलमा प्रोडक्सनका संस्थापक सुजन शिवाकोटीको अध्यक्षता र प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा युट्युब च्यानलमार्फत् उक्त भिडियो सार्वजनिक गरिएको हो ।

अर्जुनधारा नगरपालिकासँगै अर्जुनधारा–४स्थित सूर्योज्योति अङग्रेजी आवासिय विद्यालयको समर्थनमा निर्माण भएको उक्त भिडियोको निर्देशकद्वय राज शेर्मा र लेखराज तामाङले निर्देशन गरेका हुन् ।
राग स्टुडियोमा रेकर्डिङ गरिएको भिडियोमा राष्ट्रिय कलाकारद्वय विन्दु परियार र भूपाल परियारको गायन र गणेशबाबु विकको संगीत रहेको छ । पदम गुरुङ र सुन्दर खनालको गीत रहेको भिडियोमा कलाकारहरु अतित निरौला, जेसिका पोख्रेल, एलिना थपलिया, विराज बाँस्कोटालगायतको अभिनय रहेको छ ।

मिस्टर टम्स निर्माता रहेको भिडियोमा पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाम, सुखानी शहीद स्मृति उद्यानलगायत नगरपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको छ । किरण राई र विक्रम डिसीले छायांकन गरेको भिडियो ९ मिनेटको रहेको छ ।

भिडियोमार्फत् अर्जुनधारा नगरपालिकाका विभिन्न क्षेत्रहरुको प्रबद्र्धनसँगै युवाहरुलाई विदेशमा मात्र नभई स्वदेशमा पनि केही गर्न प्रयास गर्नपर्दछ भन्ने सन्देश प्रवाह गर्न खोजिएको निर्देशक शेर्माले जानकारी दिए ।

कार्यक्रममा कलाकारका अभिभावकहरु खडानन्द बाँस्कोटा र राधिका बाँस्कोटा तथा हरिप्रसाद थपलिया र चन्द्रकला थपलियासँगै भिडियोमा कोरसको भूमिका निर्वाह गर्ने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो । कलाकार थपलियाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दीपक ढुंगानाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here