परिवेश मिडियाका प्रधान सम्पादक खड्का सम्मानित

0
15

बिर्तामोड ।

परिवेश मिडिया डटकमका प्रधान सम्पादक पुष्प खड्का सम्मानित भएका छन् ।

इलाम–झापा मैत्री समाजले प्रधान सम्पादक खड्कालाई सम्मान गरेको हो । बडा दशैँ, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा मैत्री समाजले आयोजना गरेको शुभकामना आदान प्रदान तथा ‘इलाम–झापा मैत्री समाज अक्षयकोष शुभारम्भ’ कार्यक्रमको अवसरमा खड्कालाई सम्मान गरिएको हो ।

परिवेश डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित परिवेश मिडिया डटकमले मैत्री समाजको गतिविधी प्रकाशन प्रसारणमा अमूल्य योगदान गरेको भन्दै सम्मान गरिएको हो । खड्कालाई युनिकम नेपालका अध्यक्षसमेत रहेका मैत्री समाजका पूर्व कोषाध्यक्ष गजेन्द्र पौडेलले मायाको चिनोसहित सम्मान पत्र प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here