नेपालगञ्जबाट भारतीय शहर सिधा लखनउ

0
8

काठमाण्डौं ।

नेपालगञ्जबाट भारतीय शहर लखनउका लागि यातायातको सोझो र सजिलो माध्यम जोडिने भएको छ । त्यसका लागि नेपालगञ्जका व्यवसायीले सोझै बस सेवा सञ्चालन गर्ने भएका हुन् ।

‘घटस्थापनाको दिन विहानैदेखि डाइरेक्ट बस सेवा शुभारम्भ गर्दैछौं’, बस सञ्चालक कम्पनीका प्रतिनिधि शोभाकर पौडेलले भने, ‘हरेक दिन विहान जाने र बेलुका फर्किने सुविधा सम्पन्न बसको व्यवस्थापन मिलाइएको छ ।’ त्यसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सकिएकाले यसै दशैंको घटस्थापनाबाट सेवा शुभारम्भ गर्न लागिएको सञ्चालक पौडेलले बताए ।

नेपालगञ्ज हुँदै विभिन्न ठाउँबाट दिल्लीका लागि प्रत्यक्ष बस सेवा सञ्चालन भैरहँदा लखनउका लागि भने त्यसखालको प्रभावकारी सेवा उपलब्ध थिएन । ‘निकै पहिलेदेखि माग भै आएकाले हामीले पहल लिएका हौं’, दैनिक एउटा बस जाने र अर्को फर्किने व्यवस्था तत्कालका लागि गरिएको जानकारी दिंदै सञ्चालक पौडेलले भने, ‘यात्रुको चाप र आवश्यकतालाई मध्यनजर भोलिका दिनमा सेवा दोब्बर गर्न तयारी अवस्थामा छौं ।’

बाँकेको कोहलपुरबाट एकाविहानै छुट्ने लखनउको बस नेपालगञ्जमा होल्ड गरी लखनउ बास बस्न पुग्नेछ । अर्को बस लखनउबाट साँझका यात्रुहरु लिएर विहानै नेपालगञ्ज आइपुग्ने पौडेलले जानकारी दिए । सदरलाईन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here