नेपाल मुस्लिम संघ झापाद्वारा शुभकामना आदानप्रदान

0
10

झापा।

नेपाल मुस्लिम संघ झापाको आयोजनामा बधाई, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम झापाको डिल्लीराज माबिमा सम्पन्न भएको छ ।

नेपाल मुस्लिम संघको केन्द्रीय समितिमा निर्वाचित केन्द्रिय अध्यक्ष अताबुल मन्सुरी, केन्द्रिय उपाध्यक्ष सर्फराज शेख, केन्द्रिय सचिब अब्जल हुसेन गुल्जार, केन्द्रिय सदस्यहरू अमिन अली शेख, , शाहिद हुसेन, सेलेतुन खातुन, सहवाज हकलाई बधाईसहित सम्मान गरिएको थियो ।

सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले पार्टी सगठन निर्माणमा मुस्लिमहरुको भुमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

नेपाल मुस्लिम संघ झापाका अध्यक्ष सफिउल्ला अन्सारीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष अताबुल मन्सुरी, कोशी प्रदेश सासद लख्खी गणेश, जलाल अली, मोहम्मद ताहिर, कलाम शेख लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । एजाज अहमद अन्सारीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन उजाल अलीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here