केर्खामा एनएमबी बैकको शाखा

0
15

कमल ।

एनएमबी बैक केर्खा शाखाले आज बाट नयाँ कार्यालय बाट आफ्नो कारोवार शूरु गरेको छ ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने र बैकका एरिया ३ का मेनेजर नरेन्द्र सुबेदी सयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको थियो ।

गाउँपालिका अध्यक्ष राईले बैंकले ग्रामिण क्षेत्रमा रहेर सेवा पुर्याएको चर्चा गर्दै गाउँपालिका संगको सहकार्यमा सामाजिक सुरक्षा भक्ता वितरणमा समेत बैंकको सहयोग रहेको बताउनुभयो ।

नेपालका उत्कृष्ट बैक हरु मध्ये ५ औं नम्वरमा रहेको यो बैकले देशभर दुई सय एक वटा शाखा बाट कारोवार गरिरहेको छ र बैकलाई यो स्थान सम्म प्र्याउन ग्रहाकको ठुलो साथ र सहयोग रहेको बैकका एरीया नम्वर ३ का मेनेजर नरेन्द्र सुबेदीले बताउनुभयो ।

नयाँ कार्यालय बाट सेवा प्रवाहका अवसरमा बैकका बिडिएम प्रमोद शर्मा, सस्थानिय संघ सस्थाका प्रतिनिधी, स्थानिय व्यवसायी , शिक्षक लगायतको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण बैंक का केर्खा शाखाका प्रबन्धक चित्र न्यौपानेले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here