नेपाली जनतालाई ऋण बोकाउन कम्युनिस्ट नेताहरुको हतारो

0
12

काठमाडौं,

नेपालका कम्युनिस्ट नेताहरूलाई देशको चिन्ता कम देशमा नेपाली जनतालाई ऋण बोकाएर गुलाम बनाउने हतार रहेको छ ।

बिश्वमा जहाँ चिनको ( बिआरआई ) को ऋण विकसित देश इटलि बाइपास भएको छ भने श्रीलंकामा चिनियाँ ऋणको जालोले आर्थिकरुपमा ध्वस्त भएका श्रीलंका र पाकिस्तान, चीनले रुवाउँदा आइएमएफ र विश्व बैंक सहयोगी बनेर आए छ्न ।

चिनको ऋणका कारण बन्दरगाह नै ९९ सय बर्ष को लिजमा गयो । पाकिस्तानी नेताका कारण अहिले चीन पाकिस्तानमा विभिन्न परियोजना कब्जा गरेको छ । यसरी हेर्ने हो भने पाकिस्तानलाई चीनको ब्याज बुझाउन नि गह्रौ भएको छ । पाकिस्तानको पुर्ण बिकास ठप्प छ भने महगी चरम सिमामा आएको छ । चीनमा हुन गईरहेको तेश्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागीता जनाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिले हाम्रो देशका नेताको सोच उजागर भएको छ ।गृहमन्त्री चीन नजानु भनेको हैन तर कस्तो खालको कार्यक्रममा जाने भन्ने मात्र हो । तर पनि हाम्रो नेपाली नेताको सोचमा निर्भर हो हामी बोलेर केही हुदैन ।

चीनको बेइजिंगमा मंगलबार र बुधबार सम्म हुने बीआरएफमा ‘हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे छलफलमा उप्रधान एवं गृहमन्त्री श्रेष्ठले सहभागीता जनाउने भनिएको छ । गृहमन्त्री जि पहिलो कुरा हामीले बिआरआई लाई ऋणको रूपमा लिने कि नलिने ? अनि के नेपाली काङ्ग्रेस सभापति एवम् पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले भनेको जस्तै कि नेपाल सरकारले ( BRI ) बिआरआई लाई हामी ऋणको रूपमा स्वीकार गर्न सक्दैनौ । एमसीसी जस्तै नेपाललाई चीनले दिने अनुदान स्वीकार छौँ ।

नारायण काजी श्रेष्ठ जि तपाईं बर्तमान सरकारको गृहमन्त्री हुनुहुन्छ के तपाईंमा यो आट आउँला ? नेपाल स्थित चिनियाँ राजदुतले भनी सके कि नेपालमा बिआरआई अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय बिमान स्थल हो यो परियोजना नेपालमा आई सक्यो अनि नेपाली जनतालाई यसको जानकारी हुनु पर्दैन ? पोखरा बिमान स्थाल बिआराआई मा हैन भने राजदुतलाई स्पष्टीकरण खोइ मागेको ? कार्यवाही गरेको खोइ ? ।

अब कुरो आउँछ कि कतै सरकारले यो वन बेल्ट वन परियोजना गोप्य मै स्वीकार गरेर राखेको छ कि ? अनि यसको सम्झौतामा के शर्त लागू गरिएको छ ? एमसीसी जस्तै आम नेपाली जनलालाई यसको जानकारी होस । केपि ओलि सरकारले दिएको पोखरा बिमानस्थल अहिले एयरपोर्टमा कमाई शुन्य छ मुसो बढी घुमेको सूनिन्छ ? लुम्बिनीको अन्तर्राष्ट्रिय एयरपोर्टमा साप्ताहिक एउटा् मलेसिया उडान पठाएर विमान बाट कति कमाई होला ? त्यो ऋण अनि ब्याज तिर्ने पालो होला ? मैले सबै लिखी रहदा बाकी कुनै देशको लागि यहि कुरा हुनुपर्छ हुन भारत होस अमेरिका होस हामी नेपाली जनतालाई कसैको ऋण बोकाउने काम गर्नु हुदैन ।

चिनको भ्रमण किन के का लागि ? अनि जुन बाटो हामीलाई जानू छैन् त्यो बाटो खोज्न व त्यो विषयमा किन माथापच्ची गर्न गएका हुन कम्युनिस्ट नेताहरू , नेकपा एसका नेता खलनाथ खनाल पनि कार्यक्रम सहभागी हुँदै छ्न चीनले आयोजना गर्न लागेको तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) सहभागी हुन पूर्वप्रधानमन्त्री समेत रहेका खनाल गएराति चीन प्रस्थान गरेका हुन् ।

चीन भ्रमणका क्रममा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताका साथै विभिन्न मुलुकबाट आउने राष्ट्रप्रमुख र विदेश विभागका प्रमुखहरुसँग भेटघाट गर्ने छन् । तर के राजनीति हो माधव कुमार नेपाल बाट असन्तुष्ट खनालको उपस्थिति पमि हुनेछ । बिकासको कुरा कम राजनीति बढी हुनेछ । चिनको कम्युनिस्ट नेता मिलाउने अभियान गृहमन्त्रीको सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालय मार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए ।

कहिले एउटा् पनि पत्र नै कहिले दुईवटा निम्तो गज्ज्ब छ बा ? वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलर समेत हुन् । उपप्रधानमन्त्री श्रेष्ठ र उनीबीच द्वीपक्षीय सहयोग र सम्बन्धबारे वार्ता हुने पक्का हो र नेपाल कम्युनिस्टलाई एकीकरण बनाउने बहानामा आफ्नो दुनो सोझो होस । सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुने बुझिएको छ । चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो ।

भ्रमण टोलीमानेपाल सरकार का तर्फबाट गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनिल पोखरेल समेत सहभागिता रहेको छ । लेखकको स्वतन्त्र बिचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here