दुर्गा प्रसाईले दिने भनिएको मुर्ति नदिए पछि माईवासी खाली हात फर्किए

1
12

विमल दहाल, माई ।

माई नगरपालिकाको शुक्रबारे बजारमा निर्माणाधीन दुर्गा मन्दिरमा मूर्ति प्रतिस्थापन गर्न बिर्तामोड गएका माईवासी खाली हात फर्किएका छन्।

युवा संघका कार्यकर्ताद्वारा दुर्गा प्रसाईलाई अवरोध गर्ने गरि इलामको सुखानीमा जम्मा भएपछि आफु मन्दिरको मुर्ति प्रतिस्थापनमा जान नपाउने भए मुर्ति दिन पनि नसक्ने अडानका कारण आज प्रतिस्थापन गर्ने भनिएको मुर्ति ल्याउन नसकिएको हो।

दानाबारी-बिर्तामोड सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरुले विहानैदेखि दुर्गा प्रसाईलाई अवरोध गर्ने तर मुर्ति ल्याउन कुनै अबरोध नगर्ने अडान लिएका थिए। उनीहरुले कुनै पनि हालतमा प्रसाईलाई जान नदिने चेतावनी दिएपछि प्रसाईले आफु जान नपाउने भए मुर्ति मात्र पठाउन नसक्ने बताए। करिब १०/१२ वटा गाडीमा मुर्ति लिन दानाबारीबाट बिर्तामोड गएका तीन सय जना स्थानीय निरास भएर फर्किएका थिए । दानाबारीका लागी निर्माण गरिएको दुर्गा मन्दिरमा ९ दिनसम्म पुराण लगाएर आज फूलपातीका दिन मूर्ति प्रतिष्थापन गर्न लागेको प्रसाईले बताए ।

२५ लाखको लागतमा निर्माण गरेको मूर्ति प्रतिष्थापन गर्न खोज्दा युवा संघले अवरोध गर्न खोज्नु राम्रो नभएको प्रसाईले प्रतिक्रिया दिएका छन् । उनले अब त्यस मन्दिरमा मूर्ति नराख्ने बताए । शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिष्थापन गर्ने कार्यक्रम स्थगित भएकोमा स्थानीयहरु युवा संघ नेपाल र दुर्गा प्रसाईको टिप्पणी गर्न थालेको छन।

दुर्गा प्रसाईले एमाले प्रति गरेको कटाक्ष वोलीका कारण काठमाडौमा प्रसाईलाई मोसो दलेपछि युवा संघसंग उत्पन्न भएको रिसिबी अर्जुनधारामा महेश बस्नेतको कार्यक्रममा गाडी तोडफोड संगै झाङ्गिएको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here