अनलाइन व्यापारको विज्ञापन सामाजिक सञ्जालमा, ठगिए उपभोक्ता

0
10

काठमाडौं ।

मानिसहरुमा सामाजिक सञ्जालको लत यस्तो भएको छ कि सामाजिक सञ्जालबाट पर बस्नु परे खाएको पनि नपच्ने जस्तो अवस्था आईसकेको छ ।

जुनसुकै उमेर समूहका मानिस सामाजिक सञ्जालमा जोडिन थालेपछि त्यसको प्रयोग गरी व्यापार गर्नेहरु पनि बढेका छन् । तर, सामाजिक सञ्जालमार्फत हुने व्यापारमा ठगी पनि उत्तिकै बढेको छ ।

पछिल्लो समय अनलाइन व्यापार निकै मौलाएको छ । तर अनलाइन व्यापारको नाममा नयाँ-नयाँ खालका ठगिका शैली पनि निकै बढेको छ । अनलाइनबाट सामान बिक्री गर्नेहरु अधिकांशले सामाजिक सञ्जालमा ब्राण्डेड सामानको विज्ञापन गर्ने तर कमसल सामानको डेलिभरि गरेर ठग्ने गरेको आमउपभोक्ताको गुनासो छ ।

अनलाइन सपिङ्गको नाममा ठगी गर्नेहरुले आफ्नो ठेगाना समेत गोप्य राख्ने गरेका छन् । उपभोक्ताले सामानको गुनासो गर्न कल गर्दा न कल रिसिभ गर्छन नत कल ब्याक नै गरेर गुनासो सुन्ने गर्छन । अनलाइनबाट ठगी गर्नेहरुलाइ नियन्त्रण गर्ने कानुन नहुँदा त्यस्ता ठगहरुलाई कारवाही गर्न मुश्किल परेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउनुहुन्छ ।

सर्वसाधारणलाई अनलाइन व्यापारको नाममा भईरहेको ठगीबाट जोगाउन छिटो भन्दा छिटो सामाजिक सञ्जालमा गरिने विज्ञापन सम्बन्धि कानुन बनाउनु पर्नेमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जन बताउनुहुन्छ ।

अनलाइन व्यापार मात्रै होइन, सामाजिक सञ्जालमार्फत विभिन्न खालका आश्वासन र प्रलोभन समेत देखाउने गरिन्छ । अनलाइन चिठ्ठादेखि महँगो उपहार पठाएको भन्दै ठग्नेहरुको पनि संख्या निकै बढेको प्रहरीको अनुभव छ ।-इमेजखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here