नेपाल भन्दा पनि खत्तम अवस्थामा पाकिस्तानको अर्थतन्त्र

0
7

काठमाण्डौं ।

नेपालको आर्थिक अवस्था कमजोर भएको चर्चा चलिरहेकोबेला सार्क देश पाकिस्तान पनि संकटमा रहेको छ ।

नेपाल अहिलेसम्म पनि पाकिस्तान भन्दा बलियो नै रहेको अर्थबिन्द हरुको भनाइ छ । पाकिस्तान गरिबीसँग लडिरहेको पाकिस्तानको समस्या कम हुने संकेत देखिएको छैन । पाकिस्तानको आर्थिक अवस्था यति नाजुक भएको छ कि यसको सबैभन्दा ठूलो एयरलाइन्स पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) डुब्न लागेको छ ।

इन्धन आपूर्ति नहुँदा पीआईएले उडान रद्द गर्नुपर्ने अवस्था आएको छ । बिहीबार जानकारी दिँदै पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले इन्धन आपूर्तिको अभावका कारण पछिल्लो दुई हप्तामा ३४९ उडान रद्द भएको जनाएको छ ।

रोयटर्सको रिपोर्टका अनुसार, पीआईएका प्रवक्ताले एक कुराकानीमा भने कि अक्टोबर १४ देखि उडान रद्द भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै मार्ग प्रभावित भएका छन्। जानकारी दिँदै पिआइएका प्रवक्ताले इन्धनको उपलब्धताका आधारमा उडान तालिका रहेको बताए । पीआईए र पाकिस्तान स्टेट आयल कम्पनी (पीएसओ) बीच भुक्तानीलाई लिएर विवाद चलिरहेको छ ।

एयरलाइन्सले पीएसओले इन्धनको लागि आफ्नो क्रेडिट लाइन निलम्बन गरेको छ र अब दैनिक अग्रिम भुक्तानीको आधारमा मात्र आपूर्ति जारी गरिरहेको छ। विज्ञप्तिमा भनिएको छ कि PIA कोष व्यवस्थापन गर्न कोशिस गरिरहेको छ। पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले पनि यसअघि एक प्रेस विज्ञप्ति जारी गरी आफ्ना उडानहरू ढिलो भइरहेको र कतिपयलाई रद्दसमेत गरेको बताएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here