गाँजा खेती नष्ट

0
10

बिराटनगर ।

धनकुटा र उदयपुरका विभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक ११ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखी सल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका एरियाका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका करिव तीन हजार वटा गाँजाका बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।

त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय भुटार रौतामाईबाट खटिएको प्रहरी गस्ति टोलीले रौतामाई गाउपालिका–२ ओख्रेनिस्थित पाखा बारीमा रहेको गाँजाको बोट नष्ट गरेको छ ।

अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तररुपमा संचालन भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here