सातबाघलाई २८ रनले पराजित गर्दै क्लासिक एलाभेन हसन्दह विजयी

0
11

पथरी शनिश्चरे,

सातबाघलाई २८ रनले पराजित गर्दै क्लासिक एलाभेन हसन्दहले पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ ।

आइतबार भएको खेलमा सातबाघ पराजित हुदाँ हसहन्दले पहिलो जित दर्ता गरेको हो । टस हारेर ब्याटिङ गरेको हसन्दहले निर्धारित २० ओभरमा ४ बिकेट गुमाएर १७८ रन बनायो । जसमा अनुप श्रेष्ठले अर्धसतकिय पारी खेले ।

उनले अभिजित ८५ रनको योगदान गरे । सबिन धमलाले ४८ र दिपक पासवानले १३ रन बनाए । सातबाघका फिर्दोस अन्सारी, सिदार्थ धिमाल र आयुस अधिकारीले १-१ बिकेट लिए ।
१७९ रनको लक्ष्य लिएर मैदान उत्रिएको सात बाघले २० ओभरमा ७ बिकेट गुमाएर १५० रन बनायो ।

पवन जैसवाल ४६ रन बनाएर आउट भए । अनिस लुइटेलले २८ र फिर्दोस अन्सारीले २५ रन बनाउन बाहेक अन्य ब्याष्टमेन चल्न सकेनन् । हसन्दहका अनुप श्रेष्ठ्ले २ बिकेट लिदा बुद्धराज मगर बिजय राउत सन्जिव धिमाल र सन्जय मुर्मुले १-१ बिकेट लिए । नट आउट ८५ रन सहित २ बिकेट लिएका अनुप श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here