झापाको विकासमा लगानी भित्र्याउन जोड

0
16

झापा । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा झापाको विकास र समृद्धिका लागि विभिन्न मुलुकमा रहेका झापालीमार्फत लगानी भित्र्याउनुपर्नेमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनका वक्ताहरुले झापामा लगानी भित्र्याउन आफूहरु तयार रहेको बताएका हुन् । समृद्ध झापा निर्माणमा विश्वभरि छरिएका झापालीहरु एकजुट हुँदै अघि बढ्ने प्रतिबद्धता जनाएका उनीहरुले आफूहरुको लगानी सुरक्षित हुनुपर्ने शर्त राखेका छन् । समृद्ध झापा निर्माणमा स्थानीय सरकारसंग साझेदारी गर्दै लगानी भित्र्याउन आफूहरु तयार रहेकोमा सहभागीहरुले जोड दिएका थिए ।
हाल विश्वका ४० भन्दा बढी मुलुकमा रहेका नेपालीलाई जोड्दै अन्तर्राष्ट्रिय झापाली समाज गठन भएको र कुनै न कुनै माध्यमबाट झापाको विकासमा लगानी गर्न आफूहरु तत्पर रहेको उनीहरुको भनाइ थियो । झापामा लगानी भित्र्याएर यहाँका युवालाई स्वरोजगार बनाउने दिशामा अन्तर्राष्ट्रिय झापाली समाज दृढ रहने समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गानाले बताए । उनले भने– हामी कुनै पनि क्षेत्रमा लगानी गर्न तयार छौं, त्यो वातावरण सरकारले सृजना गरिदिने हो भने यहाँ उद्योगधन्दा र कलकारखाना खोल्न सकिन्छ । जसका कारण यहाँका युवालाई प्रत्यक्ष रोजगारी सृजना हुने निश्चित छ । सामाजिक क्षेत्रमा रहेर यस अघिका वर्षसम्म अन्तर्राष्ट्रिय झापाली समाजले काम ग¥यो– अध्यक्ष ढुङ्गानाले भने– सामाजिक कार्यलाई निरन्तरता दिँदै अब झापामा लगानी भित्र्याउन हामी जुटेका छौं, यहाँहरुको साथ जरुरी छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गरेको महाधिवेशनमा बोल्दै अधिकांश वक्ताले झापालाई समृद्ध, सवल र सुशासनयुक्त बनाउन चाहेको समाजका संरक्षक दिनेश पोखरेलले बताए । उनले भने– हामी झापा र झापाली समृद्ध भएको हेर्न चाहन्छौं । अब हाम्रो लक्ष्य भनेकै झापामा लगानी भित्र्याउनु हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले सामाजिक र आर्थिक रुपमा झापालाई सवल र सक्षम बनाउन अन्तर्राष्ट्रिय झापाली समाजले देखाएको तदारुकताको प्रशंसा गर्दै लगानी भित्र्याउन आवश्यक पर्ने कानून निर्माण गर्दै सँगै हिँड्न प्रदेश सरकार तयार रहेको बताए । सवल, सक्षम र भरपर्दाे काम गर्न सुझाव दिँदै मुख्यमन्त्री कार्कीले झापामा मात्र नभई कोशी प्रदेशमा लगानी भित्र्याउन अन्तर्राष्ट्रिय झापाली समाजलाई आग्रह गरेका छन् । उनले झापाली समाजलाई ‘डिजाष्टर टुरिजम’ को क्षेत्रमा भन्दापनि दीगो विकासका क्षेत्रमा काम गर्न आग्रह गरे ।
समाजको महाधिवेशनका अवसरमा शान्तिनगर स्वास्थ्य चौकी र महाभारा स्वास्थ्य चौकीलाई एक÷एक थान एम्बुलेन्स उपलब्ध गराइएको थियो । जसको चावी मुख्यमन्त्री कार्कीले हस्तान्तरण गरेका थिए । यसअघि समाजले तीन थान एम्वुलेन्स झापामा वितरण गरेको जनाइएको छ । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपकप्रसाद ओलीको अध्यक्षतामा भएको कायक्रममा दीपक चुडालले स्वागत गरेका थिए भने महासभिव नवीन पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैबीच समाजलाई सहयोग पु¥याउने विभिन्न संघ–संस्था र सामाजिक अभियन्तालाई सम्मान गरिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here