अन्तर्राष्ट्रिय झापाली समाजको नेतृत्व चयन: अध्यक्षमा मुकुन्द ढुंगाना सर्वसम्मत

0
113

झापा । विश्वका विभिन्न मुलुकमा रहेका झापालीहरुको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।
आगामी दुई बर्षे कार्यकालका लागि समाजको अध्यक्षमा मुकुन्द ढुंगाना चयन भएका छन् । झापा भद्रपुरका ढुंगाना हाल अमेरिकामा बस्दै आएका छन् । ढुंगाना अनुभवी र कुशल नेतृत्वकर्ताको रुपमा परिचित छन् । बिर्तामोडमा सम्पन्न महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाबाट समाजको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको समाजका संरक्षक दिनेशकुमार पोखरेलले जानकारी दिए ।
समाजको वरिष्ठ उपाध्यक्षमा महेन्द्र चम्लागाँई चयन भएका छन् । बाह्रदशीका चम्लागाँई हाल कतार बस्दै आएका छन् । उनी सफल व्यवसायीसँगै सामाजिक अभियन्ताका रुपमा परिचित छन् । समाजको उपाध्यक्षमा भूपाल सिटौला (अष्ट्रेलिया), चूडामणि कार्की (कतार), महिला उपाध्यक्षमा शर्मिला बस्नेत (माल्टा) चयन भएका छन् ।
त्यस्तै महासचिवमा नगेन्द्रप्रसाद पोखरेल (नवीन) चयन भएका छन् । उनी कतार बस्दै आएका छन् । पोखरेल व्यवसायसँगै सामाजिक काममा क्रियाशील छन् । समाजको सचिवमा रवीन गिरी (साउदी अरब), ओशनिया क्षेत्रीय संयोजकमा उमेश पोखरेल (अष्ट्रेलिया), ओशनिया क्षेत्रीय उपसंयोजकमा निराजन प्रसाईं ( अष्ट्रेलिया), मध्यपूर्व क्षेत्रीय संयोजकमा राजेन्द्र थापा (साउदी अरब), मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा भवानी कोइराला (कतार), एशिया प्यासिफिक क्षेत्रीय संयोजकमा मेघराज नेपाल (जापान), अमेरिका क्षेत्रीय संयोजकमा प्रसन्न संग्रौला चयन भएका छन् ।
समाजको कार्यसमिति सदस्यमा देवीबहादुर कार्की (साउदी अरब) र उत्तम गुरुङ कतार चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here