लागूऔषध सहित दुई भारतिय नागरिक प्रक्राउ

0
88

उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका–१० गैरुन कालीखोलाबाट प्रतिबन्धित लागूऔषध सहित दुई जना भारतिय नागरिकलाई प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार सुपौलका २७ बर्षिय जसबिन कुमार मण्डल ,बिरपुर थाना–१२ का २७ बर्षिय सन्तोष कुमार महतो रहेका छन् ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले कालीखोलाको नजिकै रोकेर राखेको बीआर ११ पीबी १३५५ नम्बरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा उक्त गाडीको गियर बक्स भित्र कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा २७ ग्राम लागूऔषध ब्राउनसुगर र नगद १ लाख ५४ हजार फेलापारी बरामद गरी स्कारपियो सहित उनीहरुलाई नियन्त्रणमा लिईएको थियो ।

पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here