सञ्चारकर्मी रिमाललाई पितृ शोक

0
111

झापा, सञ्चारकर्मी विष्णुप्रसाद रिमाललाई पितृ शोक परेको छ ।
नेपाल पत्रकार महासंघ झापाका सदस्य, निरुपण अर्धवासिक जर्नलका सम्पादक / प्रकाशक, चारआली जेसीजका संस्थापक अध्यक्ष तथा युनिक इङ्लिस बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपलसमेत रहेका रिमालका पिता नारायणप्रसाद रिमालको ६६ वर्षको उमेरमा निधन भएको हो ।

मुटु सम्बन्धि समस्याका कारण उनको निधन भएको बताइएको छ ।
२०१४ साल माघ २ गते ताप्लेजुङमा जन्मिएका रिमालको कात्तिक १४ गते राति निधन भएको हो । रिमालकी श्रीमती यशोदादेवी रिमाल सहित एक छोरा र दुई जना छोरी रहेका छन् ।
रिमालका छोरा बुहारीमा विष्णुप्रसाद – रीतादेवी रिमाल हुन् भने दुई छोरीहरु देवीमाया र निर्मला रिमाल रहेका छन् ।
मेचीनगर १२ सहरेडाँगी निवासी विष्णुप्रसाद पूर्वाञ्चल दैनिकका पूर्ब सहकर्मी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here