चीन तिब्बती सँस्कृति जरैदेखि निमिट्यान्न पार्न उद्दत : तिब्बती नेता छिरिङ

0
5

वाशिंगटन डीसी,

तिब्बतको निर्वासित सरकारका नेता सिक्योङ पेन्पा छिरिङले तिब्बती सँस्कृति जरैदेखि निमिट्यान्न पार्न चीन उद्दत रहेको टिप्पणी गरेका छन् ।

अमेरिकाको वाशिंटनमा रहेको नेशनल प्रेस क्लबले जनाएअनुसार सिक्योङ छिरिङले चीनले तिब्बती सँस्कृतिको जरामै प्रहार गरिरहेको टिप्पणी गरेका हुन् ।

अभिनेता रिचर्ड गिरसमेत सहभागी रहेको एक कार्यक्रममा सिक्योङ छिरिङले भने, ‘चीनले तिब्बतमा कठोर शासन गर्दै आएको छ ।’

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले चिनियाँ कम्युनिष्ट अधिकारीहरुले स्थानीय विद्यालयहरुमा तिब्बती भाषा विस्थापित गर्दै लगेको र स–साना गाउँहरुको नाम पनि परिवर्तन गरी चिनियाँ नाम राख्ने गरेको बताए ।

‘हाम्रो पहिचान नै लोप हुनसक्छ, यो तिब्बतको भविष्यमा देखिएको सबैभन्दा ठूलो जोखिम हो ।’ सिक्योङ छिरिङलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here