देवभूमि विद्यापीठमा एक दिने रोबो एण्ड कलिनरी फेस्ट–२०८०

0
9

अर्जुनधारा ।

झापाको अर्जुनधारा–५ स्थित देवभूमि विद्यापीठ अङग्रेजी आवासिय विद्यालयको आयोजनामा शुक्रबार एक दिने रोबो एण्ड कलिनरी फेस्ट–२०८० सम्पन्न भएको छ ।

बिर्तामोडस्थित इकोहम कलेज र स्टार रोबोटिक्सको प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रम विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको विद्यालयका संस्थापक सुमन शर्मा जम्मरकट्टेलले जानकारी दिए ।

कक्षा–४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको रोबो फेस्ट अन्र्तगत अर्थक्वेक एलार्म सिस्टम, क्रेन मोडल, ब्लुटुथ स्मार्ट कार, अटोमेटिक वाटर पम्पिङ सिस्टम, भोलकेनो मोडल, मोटर बोट एण्ड कार्गो सिप आदिको प्रदर्शनी गरिएको थियो ।

त्यसैगरी कक्षा–५ देखि १० सम्मका विद्यार्थीहको सहभागिता रहेको कलिनरी फेस्ट अन्र्तगत २० प्रकारका खाद्यान्न तयार गरि राखिएको थियो । संस्थापक जम्मरकट्टेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाले उद्घाटन गरेका थिए ।

प्याब्सन झापाका उपाध्यक्ष टीआर गौतम, प्याब्सन अर्जुनधाराका कोषाध्यक्ष राजन वाग्लेलगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा स्वागत शिक्षक समिर नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here