भारतले मुस्लिम राष्ट्रलाई ६.५ टन चिकित्सा सहायता र ३२ टन राहत सामग्री उपलब्ध

0
7

काठमाण्डौं ।

भारत सरकारले द्वन्द्वबाट प्रभावित प्यालेस्टाइनी जनताका लागि अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ। भारतले ६।५ टन मेडिकल सहायता र ३२ टन राहत सामग्री पठाएको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्,’यो सहयोग भारती वायुसेनाको सी(१७ विमानबाट पठाइएको हो। सामानहरू विमानमार्फत् इजिप्टको एल( आरिस एयरपोर्टमा पुर्‍याइएको छ।’
फिलिस्तान , प्यालेस्टाइनीहरूलाई पठाएको सहायतामा औषधि,शल्य चिकित्सा उपकरण, त्रिपाल,पानी शुद्धिकरण ट्याब्लेटजस्ता अत्यावश्यक सामग्रीहरू छन्।

बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्यालेस्टाइन प्राधिकरणका अध्यक्ष महमुद अब्बासँग फोनमा कुरा गरेका थिए। सोही क्रममा प्रधानमन्त्री मोदीले प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पठाउने बताएका थिए।
पीएस मोदीले गाजाको अल अहली अस्पतालमा सर्वसाधारणको हत्यमा गहिरो शोक व्यक्त गरेका थिए।

इजरायल र प्यालेस्टाइन विद्रोही समूह ९हमास० बीच द्वन्द्व हुँदा हजारौं इजराइली र प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन्। सोही आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको छ। एकजना विद्यार्थी अझै बेपत्ता छन्।

दुई पक्षबीच जारी युद्धले मानवीय संकट बढ्दै गएको छ। गाजामा इजरायलको आक्रमण तथा इजरायली भू(भागमा हमासको आक्रमणका कारण दुवैतर्फ मानवीय सहायताको आवश्यकता रहेको अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका छन्। अन्नपूर्णपोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here