एनएमसीको नाफा साढे २७ करोड

0
10

झापा ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।

बिर्तामोडस्थित सहकारीको सम्पर्क कार्यालयमा वुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले एक आर्थिक वर्षभित्र गरेका गतिविधि सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बचत तथा ऋण ब्यवसायसँगै डेरी व्यवसाय, एनएमसी एग्रो फर्म, सहकारी पसल व्यवसाय, चिया ब्यवसाय सञ्चालन गरेको बताए ।

उनले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्य संख्या १ लाख ५१ हजार ८०३ रहेको र शेयरपुँजी १ अर्व ४० करोड ५ लाख १८ हजार ६०० रुपैयाँ रहेको बताए । संस्थागत पुँजी ७६ करोड ९२ लाख ७ हजार ६५९ रहेको र कूल प्राथमिक पुँजी २ अर्ब १६ करोड १४ लाख ४६ हजार २५९ रुपैयाँ रहेको जानकारी दिए ।

अध्यक्ष शिवाकोटीले संस्थाले आर्थिक बर्ष २०७९÷०८०मा कूल आम्दानी २ अर्व ५६ करोड ४१ लाख ९६ हजार ८१९ रुपैयाँ गरेको र खर्च २ अर्व २८ करोड ८३ लाख ९७ हजार ५५३ रुपैयाँ गरेर सञ्चालन नाफा २७ करोड ५७ लाख ९९ हजार २६६ रुपैयाँ गरेको बताए । सहकारीका ५८ वटा सेवा केन्द्र रहेको र सहकारीको कार्यक्षेत्र तीन जिल्लामा रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले आगामी मंसीर २देखि ८ गतेसम्म इकाईगत साधारणसभा गरेर मंसिर १६ गते अन्तिम आइन्यूट प्रमाणिकरण गर्ने जनाइएको छ । सहकारी संस्थाको नियमानुसार इकाईगत साधारणसभाबाट प्रतिनिधि छनौट हुने र छनौट भएका प्रतिनिधिले अन्तिम माइन्यूट प्रमाणीकरण गरिने निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।

सहकारीले ७३७ पटक बिभिन्न ठाउँमा सदस्य शिक्षा प्रदान गरेको छ भने संस्थाका साकाजिक उत्तरदायित्व अन्तरगत बिविध कार्य गरेको संस्थाका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here