नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको सभा सम्पन्न

0
11

कमल ।

नवोदय बहुउद्देश्यीय सहकारी संस्था को २५ औं वार्षिक साधारणसभाका लागि अन्तिम साधारण सभा (माइन्युट प्रमाणिकरण ) सम्पन्न भएको छ ।

गत कात्तिक १३ गते देखी धुलावारी र बुधबारे सेवा केन्द्र बाट ईकाइगत साधारणसभा सुरु गरेको संस्थाले आज मुख्य कार्यलयको सभाहलमा २५ औं वार्षिक साधारणसभाका लागी अन्तिम साधारण सभा (माइन्युट प्रमाणीकरण ) सम्पन्न गरेको हो ।

संस्थाले साधारणसभाको अवसर पारेर दुई दशक सम्म संस्थाको अध्यक्ष भई हाल निवर्तमान हुनुभएका दिलिप कुमार चापागाई र २४ वर्ष सम्म सञ्चालक समितिमा रहेर काम गर्नु भएका पुर्व सञ्चालक समिति सदस्य शिरोमणि अधिकारीलाई दोसल्ला ओडाएर र सम्मान पत्र द्वारा सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष शरण कुमार पराजुलीको अध्यक्षता र कमल गाउँपालिका ३ नम्बर वडाका वडा अध्यक्ष अग्निप्रसाद कोइरालाको प्रमुख आतिथ्यमामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले ईकाईगत साधार सभा बाट निर्णय भएर आएका विषयलाई समेटेर तयार गरिएको अन्तिम माईन्युट सभामा प्रस्तुत गर्नु भएको थियो भने लेखा सुपरीवेक्षण समितिका संयोजक कुवेरधन अधिकारीले लेखा सँग सम्बन्धित विषयमा आएका जिज्ञासालाई प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रम संस्थाका निमित्त व्यवस्थापक रविन सुब्बाले सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष उमानाथ भण्डारीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here