भारतद्वारा भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामाग्री सहयोग

0
7

काठमाण्डौं ।

भारतले भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामाग्री प्रदान गरेको छ ।

बिहीबार भारतीय वायुसेनाको सी–१३० विमान भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत सामाग्री लिएर नेपाल आएको हो ।

राहत सामाग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामाग्री रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । यसअघि भारतले त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण उपलब्ध गराएको थियो ।

नेपालको प्रमुख विकास साझेदार भएकाले भारत सदैव सहयोग गर्न तयार रहेको दूतावासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here