चीनमा वैदेशिक लगानी आउने क्रम घट्दो, भित्रिनेभन्दा बाहिरिने लगानी धेरै

0
68

बेइजिङ ।

चीनमा विदेशबाट भित्रिने वैदेशिक लगानीभन्दा बाहिरिने वैदेशिक लगानी धेरै भएको छ । पछिल्लो समय अमेरिकासँग सेमिकन्डक्टर प्रविधिका विषयमा तनाव बढिरहेका बेला चीनमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीभन्दा चीनबाट बाहिरिने प्रत्यक्ष वैदेशिक लगानी धेरै भएको पाइएको हो ।

निक्के एसियाले जनाएअनुसार यस वर्षको जुलाईदेखि सेप्टेम्बर महिनासम्मको तथ्यांकअनुसार चीनको प्रत्यक्ष वैदेशिक लगानीको सन्तुलन ऋणात्मक ११ अर्ब ८० करोड डलर पुगेको छ । सन् १९९८ यता चीनमा प्रत्यक्ष वैदेशिक लगानीको सन्तुलन ऋणात्मक भएको यो पहिलो पटक हो ।

चीनले साङ्घाईजस्ता ठूला महानगरमा लागू गरेको शून्य कोभिड नीतिका कारण सन् २०२२ को अप्रिल–जुन त्रैमासमा प्रत्यक्ष वैदेशिक लगानीमा तीव्र गिरावट देखिएको थियो । त्यसयता यसमा सुधार आउन सकेको छैन ।

यसै वर्षको सेप्टेम्बर महिनामा चीनमा जापानी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले गरेको सर्वेक्षणमा झण्डै आधा लगानीकर्ताहरुले सन् २०२३ मा आफूहरुले चीनमा लगानी गर्दै नगर्ने वा सन् २०२२ को अनुपातमा कम लगानी गर्ने जवाफ दिएका थिए ।

त्यस्तै, चीनमा अमेरिकी चेम्बर अफ कमर्सले गरेको सर्वेक्षणमा ६६ प्रतिशतले चीन र अमेरिकाबीचको सम्बन्ध खराब बन्दै अवस्थामा चीनमा व्यवसाय गर्न चुनौति थपिएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here