ब्राउन सुगर बेचबिखनमा संलग्न एक जना पक्राउ

0
13

झापा ।

प्रतिबन्धित लागू औषध ब्राउन सुगर बेचबिखनमा संलग्न झापा शिवसताक्षी नगरपालिका-१ बस्ने ३० वर्षीय दिपेन भन्ने विपिन चेम्जोङ पक्राउ परेका छन् ।

गत असोज ८ गते साँझ ५.१० बजेको समयमा शिवसताक्षी नगरपालिका ११ दुधे बजारमा रहेको साकिरा यातायात प्रा.ली. बस काउन्टरबाट चामलको बोराभित्र लुकाई छिपाई ९ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर काठमाडौँ पठाउन लाग्दा वडा १ बस्ने अन्दाजी २९ वर्षीय साजन राई र सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीय सुन्दर लावती पक्राउ परेका थिए ।

ती प्रतिवादीहरूको बयानको आधारमा चेम्जोङ पक्राउ परेका हुन् । ब्राउन सुगर खरिद गर्न चेम्जोङले पैसा पठाइदिएको र काठमाडौँमा उनलाई नै पठाउन लागेको उनीहरूले बयान दिएका थिए ।

झापा जिल्ला अदालतबाट अनुमति लिई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ४ शान्तिपुरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

लागू औषधको कारोबारमा संलग्न चेम्जोङलाई यसअघि लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँबाट २०७८ असार २७ गते लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता भई ५ वर्ष कैद र रु.५० हजार जरिवाना तोकिएको सीआरएस रेकर्डबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here