डिजिटल प्रविधि आजको आवश्यकता

0
20

मेरो परिवार मेरो अभिभावक या भनौं मेरो मार्गदर्शकको स्थानमा मैले राखेको पूर्वाञ्चल दैनिकलाई सफलताको एक वर्ष थपिँदै गर्दा शुभकामना शब्द जति सजए पनि पर्याप्त नहुन सक्छ । पूर्वाञ्चलले मलाई दिएको स्थान र परिचय त्यतिबेला मैले महशुस गरेँ जब मरो घरको एक घटनामा स्वस्थ्य स्तम्भकारको सम्बोधनसहित आगनमा आईपुग्यो । मलाई मात्र लेख्न अभिप्रेरित गरेको म भन्दिनँ । किनकि यो समाजमा स्थापित धेरै व्यक्तित्वहरुले यसलाई आफ्नो पहिलो पाठशाला नै मानेर मैले सम्मान गरेको पाएको छु । लेख्न सिकाउने, उठ्न सिकाउने, जाग्न सिकाउने, परिवर्तन सिकाउने अनि समाजमा समायोजन हुन सिकाउने मामिलामा यो प्रकाशन परिवार एक विश्व विद्यालय नै हो भनेर सम्मान दिन म चाहिँ आफ्नो कर्तव्य ठान्छु ।

सामाचार, साहित्य, मनोरञ्जन, भुइँ मान्छेका कथा व्यथालाई खोजमूलक बनाएर प्रस्तुत गरेको २८ बर्ष पुगिरहँदा यसले पस्किरहेको छापा प्रविधि संसारको आकर्षण बनिरहेको डिजिटल प्लेटफर्म मार्फत प्रबद्र्धन गरिनु पर्दछ भन्ने मेरो बुझाई छ । समय समेतले डिजिटल प्रविधिलाई रुचाएको छ भन्ने बुझेर यस प्रकाशनले सामाजसँगको सम्बन्ध छापाबाट मात्र होइन डिजिटलाइज्ड सिस्टम अनुशरण गरिनु पर्दछ । हुन त हाम्रो मुलुकको कानूनले सञ्चारका यस्ता पुष्टभूमिहरु नरुचाएको लक्षण देखापरेको छ । तर, त्यसलाई समयको मागको सम्बोधन हुन नसकेको भन्ने मेरो व्यक्तिगत बुझाई छ ।


यो २१औं शताब्दिमा आएर सामाजिक सञ्जाल अनि डिजिटल प्रोसेसले नाटकीयरुपमा समाजलाई जितेको छ । हातमा भएको मोबाइलको एक क्लिकमा विश्वभरका समाचार जुनसुकै ठाउँमा बसेर पनि हेर्न सकिन्छ । डिजिटल साक्षरता, साइबर नैतिकता, साइबर अपराध, सामाजिक सञ्जालको समुचित प्रयोग, सूचना प्रबिधिको विश्वव्यापीकरण भन्दै युवायुवतीहरुलाई विद्यालय शिक्षामा यसको प्रबद्र्धनसहितको पाठ्यक्रम तयार पारेर शिक्षण गर्नु अनि फेरि नियमनको साटो बन्देजले पक्कै पनि ती सामाजिक अध्ययन र पत्रकारिताका कलिला बिधार्थीलाई दुविधा भएकै छ ।

पूर्वाञ्चल एक पातो, दुई पातो, आकार बढाउँदै अहिलेको रुपमा आएता पनि नयाँ वर्ष प्रवेश गरिरहँदा व्यवस्थापन एक पटक अहिलेको विश्वले के माध्यमबाट सामाचारको खोजी कसरी गरिरहेका छन् ? छापिएको पत्रिका कतिले पूरा ध्यान दिएर पढीरहेका छन् ? पठन संस्कृति परिवर्तन कस्तो प्याट्र्नमा गइरहेको छ ? कस्तो बिषयवस्तु रुचाइरहेका छन् ? जस्ता कुराहरुको विश्व सर्वेक्षण प्रति अपडेट हुन जरुरी छ । विश्वव्यापीकरणले अहिलेको समाज एउटा कोठा बनेको छ । हाम्रो समाजको समाचार छापिएर घर–घरमा पुग्दा समाचारको हेडलाईन देख्ने बित्तिकै उसले अघिल्लो दिन बेलुका डिजिटल प्लेटफर्मबाट जानकारी लिएको तथ्यहरुसँग हाम्रो समाचारलाई दाज्ने गर्दछ र पूरा समय हातले पत्रिका समाउनुभन्दा ग्याजेट हातमा लिने संस्कृतिको विकास भइसकेको छ । एक सर्वेक्षणले देखाए अनुसार विश्वको जनसंख्याको ८५.७४ प्रतिशत मानिसले एन्ड्रोइड हातमा लिएका छन् या नि एन्ड्रोइड मोबाइलमा व्यस्त छन् ।

यो प्रतिशत अझ बढ्ने देखिएको छ । समाचार खोज्ने तरिका हेर्ने हो भने टेलिभिजन, सामाजिक सञ्जालका विभिन्न एप्सहरु बढिरहेको परिपेक्षमा पत्रिका मार्फत समाचार र घटनाबारे पढेर धारणा बनाउनुभन्दा बिभिन्न डिजिटल माध्यमबाट आएका सूचनाहरु मार्फत आफ्नो धारणा बनाएको पाइन्छ । त्यसकारण पत्रिका र पुस्तक पढ्ने संस्कृति घटिरहेको अवस्थामा समाचार प्रशारणका माध्यमहरु परिवर्तन गर्नु अपरिहार्य छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक आदिले ओगटेको साइबर बजारलाई पछ्याउनुपर्ने बाटोलाई पूर्वाञ्चलले मात्र होइन सबै छापाहरुले समात्नुपर्ने देखिन्छ ।
सेकेन्डमा समाचार र घटनाहरु भाइरल बनिरहने समाजमा छापिएको पत्रिकाको समाचार पु¥याएर प्रतिस्पर्धा गर्नुभन्दा भइरहेको अनलाइनको क्षमता अभिबृद्धिमा जोड दिन जरुरी छ । आधुनिकीकरण नचाहँदा पलायन भएका मिडिया हाउसहरुको इतिहासलाई नजरअन्दाज गरेर अगाडि बढ्न सक्नु पर्दछ । डिजिटल प्रविधि आजको आवश्यकता हो भन्ने बुझेर यसको विज्ञको परामर्शमा मानिसको हात–हातमा एक क्लिकमा पूर्वाञ्चल पु¥याउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here