अर्जुनधारा ।

शुभदीपावली तथा छठ पर्वको अवसरमाझापाको अर्जुनधारा–७ स्थित सिर्जना बाल युवा क्लबको आयोजनामा सामूहिक देउसीभैलो तथा नृत्य कार्यक्रम सम्पन्न भएको छ ।
क्लबकी अध्यक्ष शर्मिला न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
क्लबका सल्लाहकार देवकुमार राईले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रममा क्लबका स्थानीय कलाकारहरुले मारुनी, साकेलासिलीसँगै विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, कार्यपालिका सदस्यकौशिलाल परियार, निवर्तमान वडाध्यक्ष नवराम ढुंगाना, सामाजिक अभियन्ता मीना राई, दाता कृष्ण नेपाल, सल्लाहकार केदारनाथ पराजुलीलगायतको आतिथ्य रहेको थियो ।उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दीपक ढुंगानाले गरेका थिए ।
स्थानीय कलाकारहरुको प्रबद्र्धनसँगै संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रम प्रत्येक वर्ष सञ्चालन हुने गरेको क्लबकी अध्यक्ष न्यौपानेले बताइन् ।































