रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले एक वर्षदेखि तलब पाएनन्

0
146

उमनाथ भण्डारी,
कमल ।


सरकारी कार्यलयका कार्यरत कर्मचारीले समयमा तलब पाएनन् भन्दा सुन्दै अनौठो लाग्न सक्छ । तर, झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यलय रहेको रतुवामाई वृक्षारोपण आयोजना र सर्लाही रहेको सागरनाथ वन विकास परियोजनाका कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन् ।

आयोजनाबाट उत्पादित काठ बिक्री गर्दा प्रयोग गरिदै आएको इकाई मापन क्वाटर गर्थ फर्मूला नेपाल सरकारले गत आर्थिक वर्ष २०७९/०८० देखी परिवर्तन गरी हुपस फर्मूला लागु गरेपछि काठ बिक्री हुन छाडेको आयोजनाले जनाएको छ ।

क्वाटर गर्थ फर्मुला बाट मापन गरिएको भन्दा हुपस फर्मुला बाट मापन गर्दा काठको मापनमा २७ प्रतिशत काठ बढी हुने र आयोजना बाट बिक्री गरिएको काठ बढी मूल्य तिरेर ठेकदारले खरिद गर्नु पर्ने भएकोले काठ बिक्री हुन छाडेका कारण कर्मचारी एक वर्षभन्दा बढी समयको तलब खान नपाएको रतुवामाई वृक्षा रोपन आयोजनाका निमित्त प्रमुख भक्तिप्रसाद गौतम बताए ।

गत एक वर्षदेखि आयोजनाले कटान गरेर राखेको सखुवा एक हजार पाँच सय कि.वी., मसला चार हजार कि.वी. र अन्य एक हजार कि.वी. गरी जम्मा ६ हजार ५ सय कि.वी. काठ आयोजना मा सडिने अवस्थामा पुगेको छ । कटान गरी बिक्री हुन बाँकी काठको मूल्य एक करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

काठ उत्पादन गर्ने र बिक्री गरी सरकारलाई राजस्व वापत निश्चित रकम भुक्तानी गरी बाँकी रकमले कर्मचारीको तलब भक्ता र कार्यालय सञ्चालन गर्दै आएको आयोजनाले सरकारले काठको मापन गर्ने फर्मूला परिवर्तन गरेपछि काठ बिक्री हुन छाडेको समस्या उत्पन्न भएको हो । जसका कारण रतुवामाई वृक्षारोपण आयोजनामा कार्यरत १७ जना कर्मचारी र ३० जना चौकिदारले गत वर्षको कात्तिक महिना देखी तलब लगायतको सेवा सुविधा पाएका छैनन् ।

२०३५ सालमा स्थापना भएको रतुवा माई वृक्षा रोपन आयोजना पश्चिममा रतुवा नदी पुर्वमा मा कन्काईमाई उत्तरमा इलामको चुलाचुली गाउँपालिका र दक्षिणमा कमल गाउँपालिका र शिवसतासी नगरपालिका संग सिमाना जोडिएको छ । आयोजनाको कुल क्षेत्रफल २ हजार ७ सय ५३ हेक्टर रहेको छ ।

आयोजनाले समुदायमा पनि विभिन्न काम गर्दै आएको छ । जस अन्तर्गत स्थानीयलाई सहजरूपमा काठ उपलब्ध गराउँदै आएको छ भने पुल पुलेसा निर्माण , विभिन्न धार्मिक कार्यमा र विपन्न परिवारका सदस्य मृत्यु भएमा दाहासंस्कारका लागी दाउरा उपलब्ध गराउँदै आएको प्रमुख गौतम बताउछन् ।

आयोजनामा कार्यरत कर्मचारीले वर्षौ देखी तलब लगायतका सेवा सुविधा नपाउँदा कर्मचारी लाई दैनिक जीवन चलाउन मुस्किल पर्न थालेको छ । अब त पसलमा बाँकी पनि पत्याउन छाडी सके । यो महिना भएन अर्को महिना तलब आएपछि दिन्छौ भन्न थालेको पनि एक वर्ष भन्दा बढी भयो । नानि हरुको स्कुल फि बुझान नसकेको समेत वर्षैा भयो । अव यसरी कतिदिन बस्ने हो ? आयोजनामा कार्यरत कर्मचारी उपेन्द्र शाहा भन्छन् ।

आयोजना बाट स्थानीय वासी समेत सन्तुष्ट छैनन् । आयोजनाले सामान्य वातावरणलाई सन्तुलन बनाउनु बाहेक अरु केही फाइदा छैन । बरु आयोजना कै कारण खुल्ला चरिचरण भएकाले सडक दुर्घटना हुने गरेको स्थानिय को बुझाई छ ।

न त यहाँ बाट सहज रुपमा काठ पाइन्छ याहाँ बाट आयोजनाले यति ठुलो क्षेत्रफल बाट नत राज्यले सोचेको जस्तो आम्दानी लिन सकेको छ नत स्थानिय वासीले ? बास्तवमा यो क्षेत्र गौचरण परिणत भएको छ । त्यसैले यो क्षेत्रमा उपयुक्त खालको आय आर्जन हुने खालको खेती लगाउनु पर्ने हुन्छ । जस बाट राज्य र स्थानीय वासी दुबै लाई फाइदा होस् भन्छन्– स्थानीय गोपाल भण्डारी ।

आयोजनाले वातावरणलाई सन्तुलन बनाउनु सिवाय अरु कुनै फाइदा गरेको छैन । खुला चरिचरण भएको कारण सडक दुर्घटना हुने गरेको छ । स्थानीयले फोहोर फाल्नका लागि डम्पिङको साईडको रुपमा आयोजनालाई प्रयोग गर्दै आएको स्थानिय विपन निरौला बताउँछन् ।

वृक्षारोपण गर्ने र स्थानिय क्षेत्रमा आवश्यक पर्ने काठ दाउरा उपलब्ध गराउँदै बढी भएको काठ बिक्री वितरण गरी राज्यलाई रोयल्टी बुझाउने त्यसै बाट कर्मचारी र कार्यलय सञ्चालन गर्ने उद्देश्यले ३०३५ सालमा स्थापना भएको यो आयोजना सुरुको अवस्थामा राम्रो भएपनि पछिल्लो समयमा लथालिङ्ग अवस्थामा पुगेको छ ।

आयोजनाको कार्यलय लगायत कर्मचारीका क्वाटर गेष्टहाउस समेत सबै लथालिङ्ग अवस्थामा पुगेको छ । भने मर्मत सम्भार नपुगेर आयोजनाले प्रयोग गर्दै आएका सवारी साधन समेत कवाडीको अवस्थामा पुगेका छन् ।

आयोजनालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सक्ने हो भने यस बाट स्थानीय वासीका साथै नेपाल सरकार लाई धेरै ठुलो फाइदा हुने छ । यति ठुलो क्षेत्रफलमा फैलिएको आयोजनालाई सरकारमा बस्ने केही व्यक्तिहरूको निजी स्वार्थका कारण आयोजना यो अवस्थामा आइपुगेको छ ।

नियमनकारी निकायले बेलैमा ध्यान दिएर आयोजनालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सके राज्य र स्थानीयवासी सबैलाई फाइदा हुने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here