सवारी दुर्घटनामा परी गिरीको मृत्यु

0
10

कमल ।

सवारी दुर्घटनामा परी गएराती एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका ३ सानो केर्खा निवासी ६५ वर्षीय कृष्ण गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका र शिवसतासी नगरपालिकाको सिमानामा पर्ने कमल पुलमा प्र —१—०१—०१४ प्र ९६७७ नम्बर मोटर साइकलले गिरीलाई ठक्कर दिएको थियो । मोटर साइकलको ठक्कर बाट घाईते भएका गिरीलाई उपचारको लागी बिर्तामोड लैजाँदै गर्दा बाटामै गिरीको मृत्यु भएको प्रवक्ता रिजालले बताए ।

साँझ जङ्गली हात्ती आएकोले स्थानीय हरू हात्ती धपाउन सडकमा भेला भएका थिए । सोही समयमा पुल छेउमा उभिएका गिरीलाई मोटर साइकलले ठक्कर दिँदा गिरी पुलमुनि झरेका थिए ।

गिरीलाई ठक्कर दिने मोटर साईकल चालक दमक ३ निवासी वर्ष ३० का रोशन धिमाललाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here