अर्याल चौकमा बस दुर्घटना, एक बालकको ज्यान गयो, ३६ जना घाइते

0
10

इलाम । इलामको रोङ गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
मेची राजमार्ग अन्तरगतको अर्यालचौक भन्ने स्थानमा भएको दुर्घटनामा १० वर्षीय वालकको मृत्यु भएको हो । धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक वाशुदेव खतिवडाले बताए । वसमा सवार सबै विद्यार्थी रहेको बताइएको छ । वसमा सवार विद्यार्थी मध्ये १७ जना गम्भीर घाइते भएको बताइएको छ । उनीहरुलाई झापाका अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here