छोराको मित भन्दै आएका बाबु-छोराबाट कालिखोलामा नगद र सामान चोरी

0
17

विमल दहाल, इलाम ।

इलामको माई नगरपालिका-५ कालिखोलामा छोराको मित भन्दै आएका बाबु-छोराले नगद र सरसामान चोरी गरी बेपत्ता भएका छन ।

कालिखोलाका धनबहादुर केरुङ्गका घरमा मंसिर-४ गते दिउँसो छोराको मित हो भन्दै आएका अन्दाजी ३२ बर्षका राजु तामाङ नाम बताउने ब्याक्ति र उनका साथमा रहेका आर्यान नाम बताउने अन्दाजी ८ बर्षका छोराले २ दिन पाहुँना लागेर मंसीर ६ गते विहान केरुङको नगद १८ हजार ८ सय र वाँस बसेको नजिकै घर भएका पुर्ण बहादुर आलेका घरबाट एक थान ल्यापटप, एक थान एलसीडी, दुईवटा मोवाएल र घडी गरेर करिव १ लाख ५० हजार बराबरको सरसामान चोरी गरी फरार भएका हुन ।

पिडित केरुङका छोरा संजीत केरुङको मित र पिडित आलेको मित ज्बाई बताउने ब्याक्तिले संजीतका बुवा मात्र बस्दै आएको घरमा आई मित छोरा सम्बन्ध गाँसेका थिए । केरुङले पनि पाहुनानै सम्झेर नजिकै रहेको संजितको ससुराली (सम्धी)घरमा पुर्याएर ती ब्याक्तिहरुलाई बाँस बस्न राखेको केरुङका सम्धी पिडित पुर्ण बहादुर आलेले बताँउनु भयो । संजित भने बिगत ११ बर्ष देखी भारतमा बस्दै आएका छन ।

कलेजी रङ्गको सुपर स्पेलेण्डर मोटरसाईकल चढेर आएका आफुलाई भारतीय लाहुरे बताउने ती ब्याक्तिले २ दिन सम्म मित ससुरालीमा मेजमान समेत खादै सरसामान र नगद चोरी गरेको पिडित आलेले बताउनु भयो । सोझा अनि सरल वानी व्यवहार भएका, एकान्तमा रहेको आलेको घरमा रहि हरेक ब्याक्तिलाई अलग अलग ठेगाना बताउने गरेका थिए ।

उनीहरुले कहिले दमक, कहिले धरान र कहिले ईटहरी घर रहेको बताउने गरेका थिए । आर्यान नाम गरेका र शारिरीक अपाङ्गता रहेका छोरा संगै रहेका ति ब्याक्तिले मध्यरातमा सरसामान र नगद चोरी गरेका हुन । चोरी गर्ने ब्याक्तिले आर्यान नामले बोलाउने छोराको भने हातका आधा औला नरहेको, दाहिने खुट्टाको घुँडा मुनि वरिपरी गाडिएको तथा खुट्टाका औला समेत आधा नरहेको अबस्था थियो ।

पिडित पुर्ण बहादुरकी श्रीमती ५९ बर्षिय नरमाया आलेले ज्वाईको मित भनेर चोरी गरि फरार ब्याक्तिलाई अघिल्लो साँझ सेलरोटी समेत पकाएर मेजमान गर्नुभएको थियो । चोरी गर्ने ब्याक्तिले आफुले ल्याएको कलेजी रंङ्गको सुपर स्पेलेण्डर मोटरसाईकल प्लाष्टिकले छोपेर राख्ने गरेको र हेलमेट भने केरुङकोमा राख्ने गरेका थिए । मित ससुरालीबाट रातिनै सबै सर-सामान र मित बुवा सम्बन्ध जोड्दै केरुङका घरबाट नगद १८ हजार ८ सय चोरी गरेको पिडितहरुले बताँएका छन ।

पाहुनालाई घरको मुख्य कोठामा सुताएर ढुक्कले सुतेका आले परिवार विहान ४ बजे ब्यझिदा बाबु छोरानै नदेखे पछी झस्किएका थिए । बुढा बाबु आमालाई बिदेशबाट छोरीले पठाईदिएको ल्यापटप, टिभि र सगै रहेका नातिहरुको २ थान मोवाएल सहित केरुङको घरमा राखेको नगद लिई चोरी गर्ने बाबु-छोरा रातिनै बेपत्ता भएका थिए ।

पछिल्लो समय माई नगरपालिका परिसरमा बिभिन्न अभिनयमा चोरी, लुटपाटका घटनामा बृद्धि हुदै गएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here