ढकाल बन्धुद्वारा बिरुवा वितरण

0
92

चारआली ।

ढकाल बन्धु हित तथा वंशावली एकीकृत समाज केन्द्रीय समितिले चारआलीमा निःशुल्क बिरुवा वितरण गरेको छ ।

विभिन्न प्रजातिका उन्नत दुई हजार बिरुवा शहीद दशरथ चन्द माविका शिक्षक, विद्यार्थी तथा अभिभावकलाई वितरण गरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले योग गुरुहरुलाई बिरुवा वितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । प्रजिअ पोख्रेलले ढकाल बन्धु समाजले समाजका लागि अनुकरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।

संस्थाका अध्यक्ष डिल्लीराम ढकालको सभापतित्व एवम् सचिव टेकेन्द्र ढकालको सहजीकरण रहेको कार्यक्रममा मेचीनगर शिक्षा शाखा अधिकृत पवित्रा ढकाल, शहीद दशरथ चन्द माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारबहादुर बुढाथोकी, झापा उद्योग संघका टीकाराज ढकाल, पातन्जल योग समितिका झापा जिल्ला अध्यक्ष श्याम लुहागुनले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पातन्जल योग समिति नेपाल केन्द्रीय उपाध्यक्ष होमप्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here