राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणका गर्न पूर्वराजा ज्ञानेन्द्र शाह झापामा

0
12

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको इमक कलेजको उद्घाटन तथा सोही कलेजको प्रांगणमा निर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह झापा आएका छन् ।

उनी शुक्रबार नै झापा आइपुगेका हुन् । झापाको मेचीनगरस्थित एचएमसी होटलमा बसेका उनी अहिले केहीबेरमा कार्यक्रम स्थल बिर्तामोड तर्फ आउने बताइएको छ ।

पूर्वराजा शाहले दिउँसो १ बजे पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा शालिक अनावरण गर्ने कार्यक्रम रहेको कलेजका कार्यकारी अध्यक्ष अलोक कार्कीले जानकारी दिए ।

उनी झापा आएसंगै झापाको सुरक्षा ब्यवस्था कडा बनाइएको छ । राजाका सर्मथकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि आउने स्रोतले जनाएको छ । पछिल्लो समय नेपालमा राजतन्त्रको विषयमा आन्दोलन शुरु भएको छ ।

झापामा राजा आएसंगै राप्रपाले विशाल ¥याली गर्ने तयारी गरेको छ । आज शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि मेचीनगरबाट र्याली निकाल्ने तयारी गरेको हो। ¥यालीमा सहभागि बन्न विभिन्न स्थानबाट राजावादीहरु भेला हुन थालेको बताइएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले झापामा नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here