नेतृत्वमा रुपान्तरण र पुस्तन्तरण आवश्यक

0
11

झापा  । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले राजनैतिक दलको शीर्ष नेतृत्व रुपान्तरण नभएसम्म जनता र कार्यकर्तामा उत्साह आउन नसक्ने बताएका छन् ।
नेपाली काङ्ग्रेस अर्जुनधारा नगर पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ओरङ्ग काङ्ग्रेसका सभापतिसमेत रहेका मन्त्री लिम्बुले ठूला दलका शीर्ष नेताहरुले पुस्तान्तरण र नेतृत्व हस्तान्तरण गर्न ढिला गर्न नहुनेमा जोड दिए ।
लोकतन्त्रमा एउटै पार्टीमा पनि कुनै नेतालाई मन पराउन र नपराउन पाइने भनाई राख्दै नेता लिम्बुले त्यसैका आधारमा नेतृत्वले कामको मूल्याकंन नगरी काखा र पाखा गर्ने कार्यले संगठनलाई बलियो बनाउन नसकिने भनाई राखे ।
नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले पार्टी नेतृत्वले समयानुकुल नीति र कार्यक्रम तय गरेर जनताकाबीचमा जान ढिला गर्न नहुने बिचार व्यक्त गरे ।
केही स्वार्थी नेता र तिनका परिवारका मान्छेको गलत हस्तक्षेपले राजनीति र प्रशासन बिटुलिएको हुँदा जनतामा निरासा बढेको भनाई राख्दै सचिवबहुमागाईले अब सबै पार्टीमा अग्रजलाई सम्मानजन बहिर्गमसहित नेतृत्वमा युवा पुस्ताले दर्बिलो बैधानिक हस्तक्षेप गर्नुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेस अर्जुनधारा नगर सभापती हेमराज खरेलको सभापतित्वमा भएको सो कार्यक्रममा उपसभापति प्रशान्त भण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन इन्दिवर खडकाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here