डोमालाल राजवंशी रंगशालाको स्तरोन्नतिको मन्त्री लिम्बूको प्रतिवद्धता

0
11

झापा । युवा तथा खेलकुद मन्त्री डिगवहादुर लिम्बूले डोमालाल राजवंशी रंगशालाको निरीक्षण गर्दै रंगशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने बताएका छन् ।
आज झाापा गोल्डकपका अध्यक्ष विनोद वस्नेत,जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेषराज भण्डारी प्रशान्त , झापा गोल्डकपका पूर्व अध्यक्ष जलकुमार गुरुङ लगायतले मन्त्री लिम्बूलाई रंगशालाको अवलोकन गराउँदै यहाँको वस्तुस्थितिका विषयमा जानकारी गराएका थिए । सो क्रममा मन्त्री लिम्बूले सरकारको तर्फबाट रंगशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले खेल क्षेत्रको विकासका लागि यो सरकारले सहयोग पु¥याउने प्रतिवद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here