वेश्यावृत्ति गराएको आरोपमा पक्राउ

0
7
राजविराज (सप्तरी), 
सप्तरीको राजविराजमा महिलालाई जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक वडा नं ६ बस्ने ५७ वर्षीय अरुणचन्द्र मिश्र र प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल हुन् ।
पक्राउ परेको दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here