विश्वप्रकाशको पहलमा ओमनबाट राजवंशी युवतीको उद्धार

0
10

मेचीनगर ।

झापा मेचिनगर–१५ ज्यामिरगढीकी २७ बर्षीया सञ्जिता राजवंशी व्युटीपार्लरको काम गर्न ओमान देश गएकी थिइन् ।

त्यहाँ उनले भने अनुसारकै काम पाइन्, तर काम गर्ने ठाउँमा व्यवहार भने राम्रो पाइनन् । उनलाई त्यहाँ कुनै पनि महिलाबाट सहन नसक्ने प्रकृतिको दुव्र्यवहार शुरु भएपछि त्यो खबर परिवारबाट मेचीनगर–१५का वडाध्यक्ष गुणराज भट्टराईमार्फत झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्मा समक्ष पुग्यो । त्यस लगत्तै ओमानबाट राजवंशीलाई उद्धार गरेर नेपाल ल्याउने प्रक्रिया शुरु गरियो ।

शनिवार बिहान सञ्जिता काठमाण्डौ आइ पुगेकी छन् । सांसद विश्वप्रकाश शर्माको पहल र सक्रियतामा सञ्जिता नेपाल आउन सफल भइन् । उनी आइतवार मेचीनगर–१५ ज्यामिरगाढीस्थीत आफ्नो घरमा आइपुग्ने बताइएको छ ।

प्राप्त जानकारी अनुसार सञ्जिताले आफूलाई तत्कालै नेपाल फर्काउन परिवारलाई आग्रह गरेपछि मंसीर ५ गते उनले ओमनमा भोग्नु परेको दुव्र्यवहारको घटना वडाध्यक्ष भट्टराईलाई परिवारका सदस्यहरुबाट जानकारी गराइएको थियो । वडाध्यक्षले तत्कालै त्यस बिषयमा सांसद शर्मासंग कुराकानी गरेका थिए ।

आफ्नै क्षेत्रको नागरिक विदेशमा अप्ठ्यारो परिस्थितिमा भएको जानकारी पाउने बित्तिकै सांसद शर्माले सञ्जितालाई नेपाल ल्याउने प्रक्रियामा सक्रियता देखाए । उनले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका महानिर्देशक मदन दहाल र ओमानस्थित नेपाली दूतावासलाई ध्यानाकर्षण गराए ।

मंसीर ६ गते दूतावासका श्रम सहचारीद्वारा सञ्जिताको स्थितिको विवरण संकलन गर्ने काम भयो । मंसीर ७ गते ओमान सरकारसँगको समन्वयमा सञ्जितालाई उद्धार गरेर नेपाली दूतावास ल्याइयो र नेपाल फर्काउन उनको सम्पूर्ण कागजात तयार गरियो । मंसीर ८ गते नेपाल फर्किने टिकटको प्रबन्ध गरेर मंसीर ८कै राति सञ्जितालाई कुवेत ट्राञ्जिट हुँदै काठमाडौ पठाइयो । मंसीर ९ गते सञ्जिता जजिरा एयरलाइन्समार्फत काठमाडौ आइपुगिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here