शव चिस्यान सेवा सञ्चालनमा

0
11

गोदावरी (कैलाली),

धनगढी उपमहानगरपालिकाले दुई वटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले रु दुई लाख २२ हजार नौ सय ६० को लागतमा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो ।

धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले बताउनुभयो । चिस्यान केन्द्र विद्युतबाट सञ्चालन हुनेछ ।

प्रमुख हमालले उपमहानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा चिस्यान सेवा सञ्चालन गर्ने भनिएअनुसार सो सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

शव चिस्यान सेवालाई निरन्तरता दिने बताउँदै विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउँदासम्म मृतक शरीरको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरिएको हमालको भनाइ छ ।

उपमहानगरपालिकाले विपन्न वर्गलाई दाउरा र किरिया खर्च गर्न रु पाँच हजार दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here