प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधन

0
12

झापा  । नेपाली कांग्रेस झापाका पूर्ब सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शमाको निधन भएको छ ।
बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा आज अपरान्ह शर्माको ८८ वर्षको उमेरमा निधन भएको हो ।
कमल गाउँपालिका ५ मंगलवारे निवासी शर्माको स्वास्थ्यमा समस्या देखिएपछि एक महिना अघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएका शर्माको मुटुमा समस्या देखिएको र रगत कम भएको अवस्थामा उनको उपचार भइरहेको थियो – अस्पताल प्रशासन प्रमुख बिनोद बस्नेतले भने ।
बीपी कोइरालाका अनुयायीका रुपमा रहनु भएका शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलसम्म गरेका थिए ।
२०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा समेत नेपाली कांग्रेसका त्यागी र निष्ठावान नेताका रुपमा छवि बनाउनु भएका शर्माको बिर्ता सिटी अस्पतालले निःशुल्क उपचार गरिरहेको थियो ।
२०४२ सालमा नै नेपाली कांग्रेस झापाको सभापति बन्नु भएका शर्मा झापा क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचनमा समेत उम्मेदवार भएका थिए । त्यागी र नेपाली कांग्रेसका निष्ठावान नेताका रुपमा परिचित शर्माको भोलि कनकाई माईमा ११ वजे दाहसंस्कार गरिने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए ।
पाँच वर्ष अघि जीवनसंगीनि गुमाएका दिवंगत दाहालका तीन छोराहरु विनोद ,प्रमोद ,आमोद र एक छोरा प्रमिला छन् । उनले पार्टीसंगै स्थानीय सामाजिक संघसंस्थाहरुमा समेत योगदान पुरयाँउदै आएका थिए । शर्माको निधन प्रति दुःख व्यक्त गर्दै १२ गते नेपाली कांग्रेस झापाको कार्यालय बन्द रहने र तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको नेपाली कांग्रेस झापाका सचिव हुँमागाईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here