‘सहारा सिंगिङ आइकन’मा ११ जना छानिए, ग्राण्ड फिनाले मंगलबार

0
17

बिर्तामोड ।

वीरता लेडी जेसीजको आयोजनामा भइरहेको ‘सहारा सिंगिङ आइकन’ ग्राण्ड फिनालेका लागि ११ जना प्रतिस्पर्धी छानिएका छन्।

झापाका विभिन्न विद्यालयबाट ३८ जना प्रतियोगि सहभागि भएकोमा ११ जना ग्राण्ड फिनालेका लागि छनोट भएका वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले जानकारी दिइन् ।

चारपाने स्थित सहारा नेपालको मुख्य कार्यलयमा भएको कार्यक्रममा निर्णयकको रुपमा संगीत साधना सुरुङगाका संगीत गुरु तुलसा पाठक र सनलाईट म्युजिकका संगीत प्रबन्धक जोनि तामाङ रहेका थिए ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी लगायतको आतिथ्य रहेको थियो ।

प्रतियोगिताको ग्राण्ड फिनाले मंगलबार हुने वीरता लेडी जेसीजकी महासचिव निशा शाक्यले जानकारी दिइन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई नगदसहित प्रमाण पत्र प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here