कृषि विकासका लागि अभिमुखिकरण

0
9

रत्नबहादुर बस्नेत
विराटनगर ।

कोशी प्रदेशका सञ्चारकर्मीहरुका लागि कृषि समाचार सम्प्रेषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आयोजनामा सोमबार विराटनगरमा कृषि समाचार सम्प्रेषण सम्बन्धि एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ अधिकृत पशुपति पोखरेल र कान्तिपुर टेलिभिजनका पत्रकार महाप्रसाद खतिवडाले सहजीकरण गरेका थिए।

बरिष्ठ अधिकृत पोखरेलले कृषि व्यवसायिकरण सम्बद्ध समस्या, कोशी प्रदेश सरकारका कृषि विकासका प्रमुख कमर्यक्रम, कृषि व्यवसायको वर्तमान अवस्था, कृषि तथा वनपैदावर सम्बन्धि उद्योग दर्ता,सञ्चालनको अवस्थालगायत विषयमा जानकारी गराएका थिए भने पत्रकार खतिवडाले कृषि समाचारका स्रोत, कृषि समाचारका लेखन शैली,अवसर र चुनौती, कृषि समाचारका सामाग्री, समाचार केमा आधारित भएर बनाउने?, कृषि समाचारले के केमा सहयोग सहायता गर्छ ? भन्ने विषयमा सहजीकरण गरेका थिए। उनीहरुले सञ्चारकर्मीहरुले कृषकलाई प्रोत्साहित गर्ने र सरकारलाई घच्घच्याउने ढंगले सशक्तरुपले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष राउतले कोशी प्रदेश देशकै कृषि क्षेत्रको महत्वपूर्ण स्थान ओगटेको बताउँदै कृषि उत्पादन, बजारिकरण, कृषि क्षेत्रका नयाँ आयाम, समास्या र समाधानका उपाय उजागर गर्नुको साथ‌ै प्रचारप्रसार गरेर सञ्चारकर्मीहरुलाई कृषि विकासमा सहयोग पुर्याउन आग्रह गरे। उनले यसप्रकारका कार्यक्रम महासंघले विगतमा समेत सम्पन्न गरेको र आगमी दिनमा पनि निरन्तरता दिइने बताए।

नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका महासचिव विवेक गौतमले कृषक र सरकारका बीच पुलको काम गरेर पत्रकारले कृषिका मुद्धा उठान गर्ने भएकाले कृषि विकासमा मद्दत पुग्ने र पत्रकारहरुको क्षमता विकास लागि महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा उद्योग वाणिाज्य महासंघलाई धन्यवाद ज्ञापन गरे।

नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को सहयोगमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका ४५ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो। नेपाल कृषि बजार विकास कार्यक्रमका प्रबन्धक विष्णुप्रसाद काफ्ले, लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन सञ्जीव पौडेल र श्याम भण्डारीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here