एक लाख ६३ हजारको अवैध सामान बरामद

0
88

झापा।

झापाको मेचीनगर नगरपालिका–१५ बाट भन्सार छलेर नेपाल भित्राउदै गरको अवैध रेडिमेड कपडा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सिमावर्ती क्षेत्रमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छलेर चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको बच्चाले लगाउने रेडिमेड कपडाहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव एक लाख ६३ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालयमा बुझाईएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here