लागूऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

0
75

झापा।

झापाको बुद्धशान्ति गाउँपालिका–१ बाट लागूऔषध मुद्धाका एक जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

लागूऔषध मुद्धामा जिल्ला अदालत झापाले २०७९।११।११ गतेको फैसलाले एक महिना तीन दिन कैद तोकि फरार रहेका स्थानीय ५२ बर्षीय यादवराज पौडेललाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार झापा पठाईएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here